punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बनबसाबाट भारु रुपैयाँ नेपाल भित्र्याइरहेका युवा पक्राउ

Chaupati
safha napa

नेपाल–भारतको सीमावर्ती बजार बनबसाबाट महेन्द्रनगरतर्फ आइरहेका एक युवालाई प्रहरीले प्रतिबन्धित भारतीय रुपैयाँसहित पक्राउ गरेको छ।

अवैध मानिएका भारतीय रुपैयाँसहित बरेलीको इज्जतनगरस्थित खजुरिया जुल्फिकार थाना अन्र्तगत घर भएका करामत खानलाई भारतीय प्रहरीले पक्राउ गरेको हो। उनी ४२ हजार भारुसहित पक्राउ परेका थिए।

उनीसँग कुनै पनि कागजपत्र नभएको र २५ हजार भारु भन्दा बढी रकम नेपाल लग्न नपाउने भएकाले पक्राउ गरिएको बनबसास्थित शारदा बैराज प्रहरीका थानाध्यक्ष लक्ष्मण सिंह जगवाणले बताए।

भारतबाट दुई हजार र पाँच सय रुपैयाँका नोट नेपाल ल्याउन पनि प्रतिबन्ध छ। आरोपीको साथबाट बरामद सबै नोट ५ सय रुपैयाँका मात्र थिए।

पछिल्ला दिनमा महेन्द्रनगरमा खुलेका क्यासिनोमा भारतीय ग्राहकहरुको ठुलो भिडभाड हुने गरेको छ। ती युवा पनि क्यासिनो खेल्न नेपाल गइरहेको आशंका गरिएको छ।

 


७ चैत २०७९, मंगलवार २०:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु