punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली बहुमुखि क्याम्पसमा जोशी प्यानल जिताउन एमाले र नेकपा एसको मोर्चाबन्दी

Chaupati
safha napa

केन्द्रमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका नेताहरूबीच पानी बाराबारको स्थिति हुँदा जिल्लामा भने स्ववियु निर्वाचनमा यी दुवै पार्टी एकै ठाउँमा उभिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा सबै भन्दा धेरै विद्यार्थी रहेको कैलाली बहुमुखी क्याम्पसमा भोलि निर्वाचन हुँदैछ यहाँ एमाले र नेकपा एकीकृत समाजवादीका विद्यार्थी संगठनहरू तालमेल गरेर निर्वाचनमा होमिएका छन् भने कांग्रेस र माओवादी केन्द्र एक्ला एक्लै निर्वाचनमा होमिएका छन् ।

नेकपा एमाले सम्बद्ध अनेरास्ववियुबाट यमराज जोशी, नेविसंघबाट हरिस खत्री, अखिल क्रान्तिकारीबाट पवन सुनार, राप्रपाबाट नवीन शाह, स्वतन्त्र विद्यार्थी समूहबाट विष्णुकुमार साउद चुनावी मैदानमा छन् । यहाँ मिलन बिक, खगेद्रप्रसाद अवस्थी, ध्रुवराज न्यौपाने र बमबहादुर विकले पनि उम्मेदवारी दिएका छन् ।

खत्री नेविसंघ र सुनार अखिल क्रान्तिकारीको प्यानलबाट सभापतिको उम्मेदवार हुँदा जोशी भने एमाले र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार भएका छन् ।

आज नेकपा एमालेका जिल्ला सचिव डेजी पाण्डे र नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष विमल जोशी, सह सचिव दीर्घ कापडीले स्ववियुको निर्वाचनबाट एमाले र नेकपा एकीकृत समाजवादी पार्टी बिच पनि तालमेल हुन सक्ने सम्भावना रहेको उल्लेख गरेका छन् ।

हामी एक अर्कासँग मिलेर जाने सहमतिअनुसार यहाँको सबै भन्दा ठुलो कलेजमा मिलेर निर्वाचन लडिरहेका छौँ एमाले जिल्ला सचिव पाण्डेयले भने आज हामी दुई दलका नेताबीच पनि यो एकतालाई जिताउने गरि छलफल भएको छ । जोशी प्यानलबाट नेकपा एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियूका जिल्ला अध्यक्ष रमेश बहादुर बोहरा सचिव पदका उम्मेदवार छन् ।

कैलाली त्रिवि अन्तर्गतका १० क्याम्पसमध्ये एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले ५ क्याम्पसमा विजयी भइसकेको छ । अखिल क्रान्तिकारीले ४ र नेपाल विद्यार्थी संघले १ क्याम्पसमा जित हासिल गरेको छ । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा भने भोली निर्वाचन हुँदैछ ।

यहाँ विगत २२ वर्षदेखि अनेरास्ववियु बाहेक अन्य विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचन जित्न सकेका छैनन् । २०५७ सालमा सभापतिमा डेजि पाण्डेले जिते ।उनी हाल पार्टी जिल्ला सचिव छन् ।

२०६२ मा यज्ञराज ढुङ्गाना र २०७३ मा चुनामणि भट्ट निर्वाचित भएका थिए । अहिले अनेरास्ववियु आफ्नो पुरानो विरासत कायम गर्ने रणनीतिमा रहेको छ भने अन्य पार्टी २२ वर्ष पनि अनेरास्ववियुको जग भत्काउने रणनीतिमा रहेका छन् ।
यहाँ ४ हजार ३ सय बढि विद्यार्थी छन् ।

 


७ चैत २०७९, मंगलवार २०:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु