punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपराष्ट्रपति चयनका लागि आज मतदान

Chaupati
safha napa

उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ।​ संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले उपराष्ट्रपति चुन्न भोट दिनेछन्।

संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ। मतदान सम्पन्न भएलगत्तै गणना सुरु गरिने र साँझ ६ बजेसम्म परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।​ संघीय सांसदले दिएको एक भोटको ७९ र प्रदेशसभा सदस्यले दिएको एक भोटको ४८ मतभार हुन्छ।

उपराष्ट्रपतिमा स्वघोषणामार्फत् प्रतिस्पर्धा स्थगित गरेकी प्रमिलाकुमारी यादवसहित चार उम्मेदवार छन्। रामचन्द्र पौडेललाई राष्ट्रपति निर्वाचित गराएका ८ दलले छुट्टाछुट्टै समूह बनाएर दुई उम्मेदवार बनाएका छन्।

जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादवलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्। जनमत पार्टीकी ममता झालाई लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका छन्। एमाले अष्टलक्ष्मी शाक्यलाई प्रतिस्पर्धी बनाएको छ।

उपराष्ट्रपति नदबहादुर पुन निजी निवासमा सरेका छन्छ। नयाँ उपराष्ट्रपति निर्वाचित हुनुअघि नै पुन बिहीबार चन्द्रगिरी नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सरेका हुन्।


३ चैत २०७९, शुक्रवार ०६:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु