punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

छक्कापन्जा ४ मा नलिँदा दीपक-दीपासँग जितुको बदला : कमेडी क्लबमा राजा र माङने बनाए ध्वस्त उडाए

Chaupati
safha napa

काठमाडौँ स् मुन्द्रेको कमेडी क्लबको अध्यक्ष पदबाट दीपाश्री निरौलालाई हटाउँदा जितु नेपालसँग न कार्यक्रम रह्यो न छक्कापन्जामा स्थान।
उनले दीपाको ठाउँमा करिष्मा मानन्धरलाई राखेर सिजन टु चलाए। कार्यक्रम जम्दाजम्दै कलाकारले छाडे। शो बन्द भो।

नेपाल टेलिभिजन विशाल भण्डारीले कब्जा हाने। दीपाश्रीलाई अध्यक्षमा फर्काएर कार्यक्रम चलाइरहेका छन्। बल्ल(बल्ल जितु मुन्द्रेको कमेडी क्लब लिएर आए कान्तिपुर च्यानलमा।

तेस्रो सिजनमा अध्यक्ष तेस्रो पटक बदल्दै प्रियङ्का कार्कीलाई बनाए। दुखको साथी दमन रुपाखेतीलाई उपाध्यक्ष बनाएर प्रियङ्का नजिकै बसेर हाँस्ने अवसर दिए।

बिहीबार कार्यक्रमको पहिलो एपिसोड प्रसारण भयो। पहिलो एपिसोडमा अतिथि बनेर आएका थिए अभिनेता प्रदीप खड्का। तर प्रहसनहरू त्यत्ति जमेन।

कार्यक्रमको अन्त्यतिर जितुले छक्कापन्जा ४ मा नलिएको बदला लिए दीपकराज गिरीसँग उनकै प्रहसन गराएर।

माग्ने र दीपक बनेका कलाकारमार्फत आफू छक्कापन्जा ४ मा नअटाउनुको कारण दीपालाई शोबाट हटाउनु हो भन्ने सार्वजनिक गराएझैँ देखिएको थियो।

छक्कापन्जा खेल्न दीपा विवाह नगरी बसेको, दीपकले अर्कालाई हिरो हुनै नदिएको लगायतका ब्यङग्यवाण मज्जाले हाने कार्यक्रममा।

जितु चैँ ुलौ हेरु भन्दै मज्जा लिइरहेका थिए। दमन र प्रियङ्का थपडी मारेर हाँसी रहेका थिए।

कमेडी जनरामा मुन्द्रेको आफ्नै छवि छ। तै पनि अहिले कमेडी कार्यक्रमबिच प्रतिस्पर्धा छ। अहिले चलेका कमेडी शोसँग मुन्द्रेको कमेडी क्लबलाई दाँज्ने हो भने निकै कमजोर देखिएको थियो। जितुको छवीले मात्र कमजोर कार्यक्रम धान्न गार्हेै हुन्छ।


३ चैत २०७९, शुक्रवार ०६:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु