punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालले विश्वकप छनोटमा स्थान बनाउँदा पहलमानपुरमा दीप प्रज्वलन

Chaupati
safha napa

कैलाली । नेपालले यूएईलाई हराउँदै जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाएको खुसीयालीमा कैलालीका युवाहरूले दीप प्रज्वलन गरेका छन् ।

कैलालीको पहलमानपुरमा खेलकुद प्रेमी युवाहरूले दीप प्रज्वलन गरेर नेपालको जितमा खुसीयाली मनाएका हुन् । नेपालमा राम्रो रङ्गशाला छैन तर, नेपाली क्रिकेट खेलाडी विश्वकप खेल्ने मात्रै होइन जिते लयमा पुगिसकेका छन् । उनीहरुको हौसला र जितको खुसीमा हामीले प्रज्वलन गरेका हौँ धनञ्जय कठायतले भने ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले यूएईलाई डीएलएस मेथडबाट ९ रनले हराउँदै विश्वकप छनोटमा स्थान पक्का गरेपछि पहलमानपुर चोकमा जम्मा भएर युवाहरूले दीप बालेका हुन् ।


२ चैत २०७९, बिहीवार २१:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु