punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाकिस्तानको मस्जिदमा बम आक्रमण, कम्तीमा २८ जनाको मृत्यु, १५० घाइते

Chaupati
safha napa

पाकिस्तानको पेशावरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ।

उक्त घटनाको पुष्टि पेशावरका कमिश्नर रियाज मेहसूदले गरेका छन्। उनका अनुसार मस्जिदभित्र उद्धार प्रयास जारी छ।

‘शहर भरका अस्पतालहरूमा आपतकालीन सेवाका लागि तयार पारिएको छ र उपचारको उचित प्रबन्ध गरिएको छ।’

पेशावरको पुलिस लाइन्स इलाकामा रहेको मस्जिदमा दिउँसोको नमाजको समयमा विस्फोट भएको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार आत्मघाती आक्रमणकारी प्रार्थनाको क्रममा अगाडिको पङ्क्तिमा उपस्थित भई विस्फोट गराएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

विस्फोट हुँदा मस्जिदमा कम्तिमा १२० जना मानिस रहेको एक प्रत्यक्षदर्शीले बताएका छन्। घाइते हुनेमा अधिकांश प्रहरी रहेको उनले बताए।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पेशावरको मस्जिदमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै खुफिया र प्रहरी बललाई सचेत रहन समेत आग्रह गरेका छन्।

 


१७ माघ २०७९, मंगलवार ०६:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु