punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादीको निष्कर्ष : गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहनुपर्छ

Chaupati
safha napa

सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुले गृहमन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राख्नुपर्ने निष्कर्ष निकालेका छन्।

पुस १२१ मा सरकार गठन हुँदा पनि गृहमन्त्रालय आफैंले राख्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको स्मरणसहित माओवादी नेताहरुले त्यसो नगर्दा समस्या आउन सक्नेतर्फ सचेत गराएको एक पदाधिकारीले बताए।

‘गृहमन्त्रालय पहिले नै अरुलाई छोड्नु हुन्नथ्यो,’  ती पदाधिकारीले भने, ‘त्यही भएर अहिले हामीले प्रधानमन्त्रीले नै गृहमन्त्रालय राख्नुपर्छ भन्ने निष्कर्ष सुनाएका छौँ।’

गत शुक्रबार सर्वोच्च अदालतको आदेशले अनागरिक ठहर भएसँगै रवि लामिछानेले उपप्रधान एवम् गृहमन्त्रीबाट राजीनामा दिएका थिए।

उनको राजीनामापछि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालय आँफैसँग राखेका छन्। तर, आइतवार नागरिकता पुनर्प्राप्ति गरेसँगै रविले फेरि गृहमन्त्रालयमै फर्किन चाहेका छन्। उनले आइतवारै बालुवाटार पुगेर गृहमन्त्रालयमा फर्काइदिन प्रधानमन्त्रीलाई अनुरोध गरिसकेका छन्।

तर माओवादी नेताहरु भने आन्तरिक सुरक्षाको गम्भीर जिम्मेवारी बोकेको गृह प्रधानमन्त्रीले छोड्न नहुने पक्षमा उभिएका हुन्।

‘विगतमा सत्ता साझेदार दलहरुसँग भागबन्डा मिलाउन छोडिएको थियो, अहिले गृह प्रधानमन्त्रीसँगै छ,’ अर्का पदाधिकारीले भने, ‘अब साझेदार अरु दललाई नदिएर माओवादीले नै राख्दा राम्रो हुन्छ।’

यसबारे बुधबार बस्ने स्थायी समिति बैठकमा औपचारिक छलफल भएर निर्णय हुन सक्ने उनले बताए।

मंगलबार बिहान ११ बजे पनि माओवादी पदाधिकारी बैठक बस्दैछ। त्यसमा पनि गृहमन्त्रालयबारे चर्चा हुने सम्भावना छ।

सोमबार बसेको माओवादी पदाधिकारी बैठकमा गृहमन्त्रीबारे कुनै चर्चा नगरेको पार्टी सचिव एवम् प्रदेश १ इन्चार्ज राम कार्कीले बताएका छन्।

उनका अनुसार पदाधिकारीहरुको बैठकमा अध्यक्ष प्रचण्डले गृहबारे कुनै कुरा बोलेनन्।

ुअध्यक्षले बोल्नुभएन, महासचिव देव गुरुङजीले विषय राख्नुभयो, अध्यक्षले मुखै खोल्न परेनु, उनले भने, ुसाथीहरुले बोल्दा बोल्दै अध्यक्ष ९प्रधानमन्त्री० ले हतार भयो, कार्यक्रम पुग्नुछ भन्नुभयो, त्यसपछि बैठक सकियो।’


१७ माघ २०७९, मंगलवार ०६:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु