punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा पाण्डे निर्वाचित

Chaupati
safha napa

काठमाडौं : गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा नवलपुरको हुप्सीकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे निर्वाचित भएकी छन्।

काठमाडौंमा मंगलबार भएको महासंघको तेस्रो महाधिवेशनले पाण्डेलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको हो। उपाध्यक्षमा लक्ष्मणबहादुर शाही र महासचिवमा खिमबहादुर थापा चयन भएका छन्।
शाही जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष हुन् भने थापा स्याङजाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष हुन्। सचिवमा सिन्धुली फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार, कोषाध्यक्षमा डडेल्धुराको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट निर्वाचित भएका छन्।

महासंघको नयाँ नेतृत्व राजनीतिक दलहरूले भागबन्डामा टुंग्याएका हुन्। दलीय प्रतिनिधिका आधारमा पदाधिकारी भागबण्डा गरिएको हो।

स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले महासंघको अध्यक्ष र उपाध्यक्ष पाएकोे छ। दोस्रो ठूलो दल नेकपा एमालेले महासचिव, सचिव र ७ जना सदस्य पाएको छ। नेकपा माओवादी केन्द्रले कोषाध्यक्ष पाएको हो।


२८ मंसिर २०७९, बुधवार ००:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु