समानुपातिक सांसदहरूको सूची आज सार्वजनिक हुँदै
काठमाडौं : निर्वाचन आयोगले समानुपातिक सांसदहरूको सूची आज सार्वजनिक गर्दैछ। राजनीतिक दलहरूले समावेशी क्लस्टर र बन्दसूचीको क्रमअनुसार सच्याएर पठाएको समावेशी सांसद नामावलीको निर्वाचन आयोगले सोमबार छानबिन गरेको छ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र नागरिक उन्मुक्ति पार्टीलाई समावेशी सांसदहरूको नामावली सच्याएर पठाउन आयोगले आइतबार पत्राचार गरेपछि ती दलहरूले सोमबार नामावली सच्याएर बुझाएका हुन् ।
२७ मंसिर २०७९, मंगलवार १३:३५ बजे प्रकाशित































