punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमको मुख्यमन्त्रीमा माओवादीले दाबी नछाड्ने

Chaupati
safha napa

माओवादी केन्द्रले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी नछाड्ने भएको छ।

डडेल्धुरा प्रदेशसभा–१ बाट नवनिर्वाचित प्रदेशसभा सदस्य खगराज भट्टले मुख्यमन्त्रीमा माओवादी केन्द्रले दाबी कायमै राख्ने बताएका हुन्।

डडेल्धुरा सदरमुकाममा सोमबार गरेको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका भट्टले मुख्यमन्त्रीको दाबीबाट पार्टी पछि नहट्ने ठोकुवा गरेका हुन्। उनले शीर्ष तहमा पनि आफूले मुख्यमन्त्री पाउने अनौपचारिक सहमति भइसकेको दाबीसमेत गरेका छन्।

सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने विषयमा पार्टी अध्यक्ष र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि अनौपचारिक समझदारी भएको भट्टको भनाइ छ।

उनले मुख्यमन्त्री बनाउने समझदारीअनुसार आफूले प्रदेशमा चुनाव लडेको बताए। शीर्ष नेताहरूले आफूसँगको समझदारी कार्यान्वयन गर्नेमा भट्टले विश्वास गरे।


१९ मंसिर २०७९, सोमवार २०:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु