punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बालुवाटार बैठक : गठबन्धनलाई निरन्तरता दिने निर्णय

Chaupati
safha napa

पाँचदलीय सत्ता गठबन्धनको आज बसेको बैठकले अहिलेको पाँचदलीय सत्ता गठबन्धन जारी राख्ने निष्कर्ष निकालेको छ।

बैठकले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षासमेत गरेको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए।

चुनावपछिको पहिलो बैठक भएकाले निर्वाचनको सामान्य समीक्षा गरिएको र आगामी दिनमा यही गठबन्धनको सरकारलाई निरन्तरता दिने निष्कर्ष निकालिएको उनले बताए।

बैठकले हालै भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको परिणामले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई फेरि पनि पुष्टि गरेको भन्दै गठबन्धन जारी राख्ने निष्कर्षमा पुगेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले विद्यमान विभिन्न चुनौतीको सामना गर्नुपर्ने भएकाले पनि गठबन्धन जारी राख्न आवश्यक रहेको जनाएको छ।

बैठकपछि गठबन्धनले जारी गरेको विज्ञप्तिमा चुनावको परिणामले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा गठबन्धनका दलबीच सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्ने प्रष्ट सन्देश दिएको उल्लेख छ।

बैठकले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गठबन्धनले दिँदादिँदै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएकोमा त्यस्ता घटनाको समीक्षा र सम्बोधन गर्ने निर्णय गरेको पनि  शीर्ष नेताहरूले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।


१९ मंसिर २०७९, सोमवार १९:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु