अछाम १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुवर विजयी
अछाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुवर विजयी भएका छन् । नेकपा एसका केन्द्रीय सदस्य तथा श्रम,रोजगार सामाजिक सुरक्षा मन्त्री
कुवर ४४८९ मतान्तरले विजयी भएका हुन् । कुवरले १९५३४ मत ल्याउँदा एमालेका झपट बोहराले १५०४५ मत पाएका थिए । अघिल्लो पटक यो क्षेत्रबाट एमाले नेता भीम रावल विजयी भएका थिए ।
७ मंसिर २०७९, बुधवार ०६:४६ बजे प्रकाशित































