punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली ४ मा लेखराज हजार बढी मतले पछि परे, वीर बहादुरको कति मत ?

Chaupati
safha napa
कैलाली ।कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट पछि परेका छन् । ३७ हजार ५३३ मत गणना हुँदा सम्म भट्ट हजार बढी मतले पछि परेका हुन् । भट्टको १४ हजार १९६ मत हुँदा कांग्रेस प्रदेश सभापति वीर बहादुर बलायरले १५ हजार ४६० मत पाएका छन् । दुवैको मतान्तर १ हजार २६४ रहेको छ । अघिल्लो पटक यो क्षेत्रबाट भट्ट निर्वाचित भएका थिए । बलायर अघिल्लो पटक डोटीमा पराजित थिए । सत्ता गठबन्धनमा डोटी नेकपा एकीकृत समाजवादीलाई भाग परेपछि बलायर कैलाली ४ झरेका हुन् ।

७ मंसिर २०७९, बुधवार ०६:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु