हुस्सुका कारण धनगढी–काठमाडौं उडान प्रभावित
फाईल फोटो
हुस्सुका कारण धनगढी–काठमाडौं उडान प्रभावित भएको छ। धनगढी–काठमाडौं र काडमाडौं–धनगढी उडान प्रभावित भएको हो। धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले शुक्रबार बिहान र शनिबार बिहान हुस्सुका कारण उडान प्रभावित भएको जानकारी दिए।
हुस्सुका कारण भिजिबिलिटी नभएकाले उडान प्रभावित भएको उनले बताए। धनगढी विमानस्थलमा कम भिजिबिलिटीमा उडान गर्नका लागि ‘भीओआरडीएई’ उपकरण जडान गरिएको छ।
२६ कात्तिक २०७९, शनिवार ०९:४६ बजे प्रकाशित































