punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ

Chaupati
safha napa

धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालीका ८ घर भइ हाल धनगढी–१ जोशी टाकिज नजिक कोठा गरी बस्ने बर्ष २० कि एलिसा चौधरीको कोठाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
धनगढी उपमहानगरपालीका ३ बस्ने २६ वर्षीय बिक्रम चौधरी र वडा नम्बर ४ बस्ने ३८ वर्षीय किसन श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

उनीहरुको साथबाट खैरो हेरोइन ५ ग्राम ३०० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।


२६ कात्तिक २०७९, शनिवार ०८:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु