punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्वाचन गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह

Chaupati
safha napa

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रमहरूमा भीडभाड गर्दा कोभिड–१९ को संक्रमण दर बढ्नसक्ने बताए । उनले देशमा कोभिड संक्रमण दर धेरै नभए पनि संक्रमणको अवस्था भने यथावत रहेको उल्लेख गरे ।

प्रवक्ता अधिकारीले भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरू पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानी अपनाउनु जरुरी रहेको बताए । उनले कोभिड–१९ विरुद्धको खोप नलगाएका व्यक्तिलाई भीडभाड हुने ठाउँमा नजान पनि आग्रह गरे ।

उनले विश्वव्यापीरूपमा कोभिड–१९ को संक्रमण घटेको पनि बताए । नेपालमा पनि विगतभन्दा सहज अवस्था रहेको अधिकारीको भनाइ छ । तर, पनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनाका कारण सावधानी अपनाउनुपर्ने उनले स्पष्ट पारे ।

डा. अधिकारीले देशमा अहिले ६ सयको हाराहारीमा कोभिड–१९ का संक्रमितहरू रहेको बताए ।


२२ कात्तिक २०७९, मंगलवार १५:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु