punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

Chaupati
safha napa

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–१ मा सु.प.प्र.०१–०१० प ३६९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुरको लालझाडी गाउँपालिका –४ जाँई शिबिरका ३२ वर्षीय राजु चौधरीको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


२२ कात्तिक २०७९, मंगलवार १५:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु