punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

Chaupati
safha napa

सुदूरपश्चिम विश्वविद्यालयले आगामी मंसिरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलसँगको समन्वयमा मंसिर २६, २७ र २८ गते सम्मेलन आयोजना गर्न लागिएको विश्वविद्यालयका उपकूलपति प्रा।डा। अम्मराज जोशीले जानकारी दिए ।

विश्वविद्यालय स्थापनाको १२ वर्षपछि सुदूरपश्चिम विश्वविद्यालयले पहिलोपटक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको हो । सुदूरपश्चिममा सम्पदा, नवप्रवर्तन र रूपान्तरणको अध्ययनका विषयमा केन्द्रित हुने सम्मेलनमा विभिन्न ९ देश विद्वानहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

‘सुदूरपश्चिम क्षेत्र भौगोलिक, धार्मिक, सांस्कृतिक, साहित्यिक, प्राकृतिक तथा वातावरणीय रूपमा धनी छ,’ जोशी भने, ‘यस क्षेत्रका सम्भाव्यताबारेमा अध्ययन अनुसन्धान गरी प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलनको गरिन लागेको हो ।’

विश्वविद्यालय ज्ञान उत्पादनको क्षेत्र भएकाले त्यसलाई विस्तार गर्ने थलोका रूपमा विकास हुने उनको भनाइ छ । ‘सम्मेलनमा पश्चिमसेती परियोजना र गेटा मेडिकलका विषयमा समेत बहस हुन्छ,’ उनले भने, ‘अक्सफोर्ड विश्वविद्यालय लगायत अन्य देशका ख्यातिप्राप्त विश्वविद्यालयका प्रोफेसरहरूलाई आमन्त्रण गरिएको छ ।’

ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल बेलायतका प्रतिनिधि एवं सम्मेलन आयोजक समितिका उपसभापति डा। कृष्ण अधिकारीले यो बहुविधाको सम्मेलनका रूपमा रहने बताए ।

आयोजक समितिका सदस्य सचिव एवं सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्टले सम्मेलनले विभिन्न विधाको विकासमा सहयोग पुर्‍याउने र सुदूरपश्चिमका सम्भावनाहरूको उत्खनन् गर्ने विश्वास व्यक्त गरे ।

विश्वविद्यालयले भाषा, साहित्य अनुसन्धान केन्द्र स्थापना गरी ९ वटै जिल्लामा लोक कथा संकलन समेत गरिरहेको छ ।


२२ कात्तिक २०७९, मंगलवार १४:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु