सुनको मूल्य प्रतितोला ९४ हजार

इतबार सुन र चाँदीको मूल्य स्थिर छ । धनतेरसका कारण शनिबार पनि नेपाल सुन चाँदी व्यवसायी महासंघले सुन चाँदीको मूल्य निर्धारण गरेको थियो ।

शुक्रबारभन्दा शनिबार सुन प्रतितोला एक हजार ५ सय र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बृद्धि भएको थियो । जुन मूल्य आइतबार पनि स्थिर छ ।

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार, तेजावी सनुको मूल्य ९३ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला १ हजार २१५ रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावाल सुन ९२ हजार ५ सय, तेजावी सुनको मूल्य ९२ हजार र चाँदीको मूल्य १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।


६ कात्तिक २०७९, आइतवार १६:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु