गठबन्धनको पक्षमा भोट हालौँ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन आह्वान गरेका छन् । गठबन्धन दलद्वारा आयोजना भएको बृहत् चुनावी सभालाई सम्बोधन गर्न आज धनगढी पुगेका देउवाले यस्तो बताएका हुन् ।
नेपालको संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको देउवाले बताएका छन् । गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन जरुरी उनको भनाई छ । अहिलेको अवस्थामा देश गम्भीर मोडमा उभिएको समेत उनले बताएका छन् ।
देउवाले आगामी निर्वाचनमा सत्ता गठबन्धनको वर्चस्व हुने दाबी गरेका छन् ।‘सुदूरपश्चिमबाट एक क्षेत्र मात्रै जितेको म सबैको सहयोगले प्रधानमन्त्री बन्न पाएको हुँ । भोलिको राजनीतिमा गठबन्धनको वर्चस्व हुन्छ । गठबन्धनलाई जिताउन अनुरोध गर्दै छु । देउवाले भने देश महत्त्वपूर्ण मोडमा छ ।’ सुदूरपश्चिमबाटै सबैभन्दा धेरै गठबन्धनको पक्षमा भोट हाल्न अपिल गरे ।
६ कात्तिक २०७९, आइतवार १४:२८ बजे प्रकाशित













