गठबन्धनले जित्नु पर्छ : माधव नेपाल
एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनले जित्नुपर्ने बताएका छन् । गठबन्धन दलद्वारा आयोजना भएको बृहत् चुनावी सभालाई सम्बोधन गर्न आज धनगढी पुगेको उनले यस्तो बताएका छन् । गणतन्त्रको रक्षा गर्नको लागि कांग्रेस र कम्युनिस्ट मिलेरै चुनाव जित्न सकिने नेपालले बताएका छन् ।
‘म कांग्रेस हुँ, म माओवादी हुँ, म समाजवादी हुँ, भनेर हुदैन् हामी सबैले एक भएर अगाडी बढ्नु पर्छ,’ जे भएपनि प्रतिगामीहरूलाई हराउँदै हामी जित्नु पर्छ नेपालले भने ।, हामीले विकास चाहने हौ भने हामीले गठबन्धनलाई जिताउनुपर्छ । यो देशको समस्या हटाउन देशमा शान्ति तथा विकास गर्नका लागि हामी लागि परेका छौ ।
गठबन्धन देशको विकासमा लागि बनेकाले गठबन्धनले जित्नुपर्ने उनले बताए । यस्तै सुदूरपश्चिममा गठबन्धन सफल बनाउनुपर्ने उनको भनाइ छ । नेकपा एमाले प्रगतिको विरोधी भएको समेत उनले आरोप लगाएका छन् ।
भेलामा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरू धनगढी पुगेका छन् ।
६ कात्तिक २०७९, आइतवार १३:३८ बजे प्रकाशित













