सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंले १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमाथि सन्दीपलाई थप दुई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त गौशालाले थप हिरासतमा राख्न आइतबार अदालतसँग अनुमति मागेको थियो । बलात्कारको आरोपमा सन्दीप २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

सन्दीप क्रिकेट खेलकै लागि विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोप लगाउँदै प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । सन्दीपले भदौ ५ गते नगरकोट घुमाएर काठमाडौंको एक होटलमा राति बलात्कार गरेको बयान प्रहरीसामु ती नाबालिकाले दिएकी थिइन् ।

 


६ कात्तिक २०७९, आइतवार १२:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु