punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी गइरहेको बस दुर्घटना हुँदा २३ जना घाइते

Chaupati
safha napa

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ४१५ नम्बरको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

घाइतेलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको र ती मध्ये १८ जना सामान्य उपचारपछि डिस्चार्ज भएका जनाइएको छ । बाँकीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएको र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पाठकले बताए ।

उनका अनुसार घाइते सुर्खेत वीरेन्द्रनगर–१२ का प्रकाश सुनार, कैलालीको कैलारी गाउँपालिका–९ का श्याम चौधरी, कन्चनपुर बेलौरी नगरपालिका–२ का वीरेन्द्र नेपाली, कैलाली धनगढी उपमहानगरपालिका– १३ का सन्तोष भट्ट र निर्मला जोशीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज पठाइएको हो । रासस


६ कात्तिक २०७९, आइतवार १२:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु