punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेमै बस्ने भीम रावलको निर्णय

Chaupati
safha napa

नेकपा एमालेका नेता भीम रावलले पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

अछाम–१ बाट टिकट नदिएपछि ‘अध्ययन गर्दैछु’ भन्दै आएका नेता रावलले बिहीबार काठमाडौंको बरमहलस्थित एक व्याङ्केटमा पत्रकार सम्मेलन गरी एमालेमै बस्ने निर्णय सुनाएका हुन् ।

अर्का नेता घनश्याम भूसालले भने एमाले छोड्ने निर्णय लिएका थिए । त्यसैले रावलको प्रतिक्रिया चासोका साथ हेरिएको थियो । तर बाक्लो सुरक्षा घेराभित्र एक घण्टा बढी खर्चिएर धारणा सार्वजनिक गरेका रावलले एमालेमै संघर्ष गर्ने निर्णय सुनाए । ‘यो पार्टीमा देशभक्तहरुको विशाल पंक्ति छ, उनीहरुले संघर्ष गरेर अझैं ठीक ठाउँमा ल्याउँछ कि भन्ने आशा अझै मैले गरेको छु’ रावलले भने ।

उनले एमाले ओलीको मात्रै नभएको तर्क समेत गरे । ‘पार्टी कसैको निजी वा निजी स्वार्थ पूर्ति गर्ने माध्यम होइन, त्यसो हुनु हुँदैन’, रावलले लिखित धारणापत्रमै लेखेका छन्, ‘त्यसकारण मेरो अगाडि आगामी निर्वाचनमा उम्मेदवार भई विजय हुन स्वतन्त्र उम्मेदवार हुने लगायतका विकल्प भएपनि त्यसतर्फ म अग्रसर नभएको हुँ ।’

तत्काल पार्टीमै रहेपनि परिस्थिति अनुकुल निर्णय लिन भने पछि नपर्ने रावलको संकेत छ । ‘आगामी दिनमा राष्ट्रिय राजनीतिको गति र पार्टीको मति अनुरुप मैले पाइला चाल्ने छु’, उनले लेखेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक र पार्टी नीति विपरीत कदम चाल्दा त्यसको विरोध गरेकै कारण आफूले टिकट नपाएको रावलले निश्कर्ष निकालेका छन् ।

ओलीले लिएका निर्णयहरुप्रति राखेको विमतिबारे भने रावलले निकै लामो व्याख्या गरेका छन् । आफ्नो विमति सम्झने क्रममा रावलले ओलीमाथि आरोपको चाङ नै लगाएका छन् ।

निष्कर्षमा भने उनले आगामी चुनाव र आफ्नो भूमिकाबारे प्रष्ट्याएका छन् । रावलको प्रष्ट सन्देश छ– आगामी चुनावमा मन परेका उम्मेदवारलाई मात्रै मत माग्छु ।

‘जनताको भावनालाई गम्भीर रूपमा हेरेर निर्णय लिन्छु’, रावल सर्वसम्मत सिफारिस भएको अछाम–१ मा कसलाई भोट माग्ने भन्ने प्रश्नमा जवाफ दिएका थिए । उनले आफ्नो धारणापत्रमै चुनावमा कसलाई मत माग्ने भन्ने प्रष्ट्याएका छन् ।

‘आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई पनि देश र जनताको सर्वोपरी हित र स्वाभिमानको रक्षा एवं सम्बद्र्धन गर्ने अवसरको रुपमा सदुपयोग गर्दै सोही अनुरुप उम्मेदवारहरुलाई विजयी तुल्याउन मेरो आग्रह छ’ रावलले लेखेका छन् ।

देशभक्त, जनताको हित र स्वाभिमान विरोधी उम्मेदवारहरुबारे अवधारणापत्रमै उल्लेख गरेकाले एमालेले तय गरेका र समर्थन गरेका सबै उम्मेदवारलाई मत माग्न नसक्ने प्रष्ट पारेका छन् । अन्य दलबाट आएर एमालेको वैधानिक प्रक्रिया पूरा नगरी टिकट पाएकाहरुलाई मत माग्न नसक्ने संकेत दिएका छन् ।

 


२७ असोज २०७९, बिहीवार २२:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु