लैङ्गिक न्याय सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न
लैङ्गिक न्याय सम्बन्धी पारालिगल तथा युवा अभियान्ताहरूका लागि मङ्गलबारदेखि धनगढीमा सुरू भएको प्रशिक्षण कार्यक्रम सकिएको छ ।
केआईजीईपीई एजेन्ट एसजीपीको आर्थिक सहयोगमा नेपालमा सामुदायिक पारालिगलिजम प्रबर्द्धन अभियान (सीपीसीपीएन)ले आयोजना गरेको प्रशिक्षण कार्यक्रम विहीबार सम्पन्न भएको हो ।
तीन दिनसम्म चलेको प्रशिक्षणमा कैलाली र कंचनपुरका पारालिगल र युवा अभियान्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा लैङ्गिक समानता, अभ्यास, न्याय, सामाजिक संरचनालगायतका बारेमा सहभागीलाई दिइएको थियो ।
प्रशिक्षणमा आरती चटौत, ठाकुरप्रसाद करियाप्रधानलगायतले सहजीकरण गर्नुभएको थियो ।
२७ असोज २०७९, बिहीवार १९:२२ बजे प्रकाशित































