punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घोडाघोडीमा लागु औषध ब्राउन सुगर सहित ४ जना पक्राउ

Chaupati
safha napa

कैलालीको घोडाघोडी नगरपालिकामा ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । वडा नम्बर १ को बेलार बाट ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

वडा नम्बर १ का २० वर्षीय दीपेश धामी, १९ वर्षीय शिव गुरुङ, २३ वर्षीय सुमन बोहरा र वडा नम्बर २ का २१ वर्षीय उपेन्द्र बमलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताए ।

उनीहरुको साथबाट २ सय मिली ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बिहीबार राति बेलारबाट उनीहरूलाई गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


२४ भदौ २०७९, शुक्रवार १७:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु