punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

२४ घण्टामा १५२ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार २९४ जनाको कोरोना परीक्षण गर्दा १५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार १६८ जनाको पीसीआर परीक्षण गर्दा ११० र दुई हजार १०८ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३३ जना सङ्क्रमणमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको छ । त्यस्तै, हाल मुलुकमा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४४८ छ ।


२४ भदौ २०७९, शुक्रवार १६:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु