punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हात्तीको आक्रमणमा मारिएकाको परिवारलाई दिइयो क्षतिपूर्ति

Chaupati
safha napa

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकी शुक्लाफाँटा नगरपालिका-७ की १८ वर्षीय मिना जोशीका परिवारलाई १० लाख रूपैयाँको चेक आज हस्तान्तरण गरिएको छ।

राष्ट्रिय प्रकृति कोषमार्फत उपलब्ध भएको उक्त रकमको चेक मृतकका बुवा कालुराम जोशीलाई प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले हस्तान्तरण गरेका छन्।

गत भदौ १३ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीले घरमै रहेका वेला मिनालाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। यसअघि मृतकका परिवारलाई कोषले किरिया खर्चवापत ५० हजार रकम उपलव्ध गराएको थियो।

चेक हस्तान्तरणमा प्रमुख जिल्ला अधिकारी अर्यालसहित निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहता, मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष लव बिष्टलगायत उपस्थित थिए।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ अनुसार वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति भए आश्रित परिवारलाई क्षतिपूर्तिवापत रकम उपलव्ध गराउने प्रावधान छ।


२४ भदौ २०७९, शुक्रवार १८:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु