punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा देउडा हेर्न गएकी १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

Chaupati
safha napa

कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । २१ भदौको राति चार जनाले सामूहिक रूपमा बलात्कार गरेको भन्दै ती बालिकाले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन् ।

आरोपित चार जनामध्ये तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आरोपितमध्ये तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताए ।

एक जना फरार रहेको प्रहरीको भनाइ छ । फरार रहेका ती पुरुषको खोजी जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकाको विवरण सार्वजनिक गरेको छैन ।

काम छ भन्दै एकान्तमा बोलाइ जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । गौरा पर्वको अवसरमा ती बालिका सुखड बजारको हेलीप्याडमा भइरहेको देउडा हेर्न गएको समयमा घटना भएको प्रहरीले बताएको छ ।


२४ भदौ २०७९, शुक्रवार १६:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु