punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लागूऔषध र हतियारसहित १ युवक पक्राउ

Chaupati
safha napa

सिरहामा प्रहरीले लागूऔषध र विभिन्न हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । भारतीय बजार जयनगरबाट कमलाको किनार हुँदै कल्याणपुरतर्फ गइरहेको बेला माडर प्रहरीले सिरहा नगरपालिका १७ कमला बाँधबाट कल्याणपुर-२ का १९ वर्षीय पप्पु भन्ने सुमन मण्डललाई पक्राउ गरेको हो ।

विशेष सुराकको आधारमा प्रहरीले साइकलमा आइरहेका मन्डललाई चेकजाँच गर्दा उनको साथबाट २ पता नाइट्रोजन ट्याबलेट, ३ पिस एम्पुल, तरबार, फर्सा एकरएक थान, फाइटर रिङ ६ थान, पेस्तोलजस्तो देखिने लाइटर एकथानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुभास बुढाथोकीले जानकारी दिए । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


२४ भदौ २०७९, शुक्रवार १३:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु