punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वेष्ट ह्यामविरुद्ध चेल्सीको संघर्षपूर्ण जित

Chaupati
safha napa

चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले वेष्ट ह्यामलाई २–१ गोलले पराजित गरेको हो । एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै चेल्सीले जित निकालेको हो ।

चेल्सीको जितमा बेन चिवेल र काइ हाभर्टले गोल गरे । यता, वेष्ट ह्यामका मिकेल एन्टोनियोले गोल गरे । पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । खेलको ६२औँ मिनेटमा मिकेल एन्टोनियोले गोल गर्दै वेष्ट ह्यामलाई १–० गोलको अग्रता दिलाए ।

तर वेष्ट ह्यामले यो अग्रतालाई टिकाइ राख्न सकेन । खेलको ७६औँ मिनेटमा बेन चिवेलले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरी दिलाए । खेलको ८८औँ मिनेटमा काइ हाभर्टले गोल गरेपछि चेल्सीले २–१ गोलले विजयी भएको हो ।

त्यस्तै प्रिमियर लिग मै भएको अर्को खेलमा टोटेनहमले फुलहामलाई २–१ गोलअन्तरले पराजित गरेको छ । यता, डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी एस्टन भिल्लासँग १–१ गोलको बराबरीमा रोकिएको छ । आफ्नो अग्रतालाई जोगाउन नसक्दा सिटीले एस्टन भिल्लासँग अंक बाँडेको हो ।

अर्को बलियो टिम लिभरपुल पनि एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको छ । जितसँगै चेल्सी लिगको पाँचौँ स्थानमा उक्लिएको छ । चेल्सीको ६ खेलबाट १० अंक भएको छ । पराजित वेष्ट ह्यामको भने ६ खेलबाट चार अंक छ ।

म्यानचेस्टर सिटीले भने लिगको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । सिटीको ६ खेलबाट १४ अंक हुँदा शीर्ष स्थानमा रहेको आर्सनलको पाँच खेलबाट १५ अंक छ । लिभरपुल भने लिगको छैटौँ स्थानमा छ ।


१९ भदौ २०७९, आइतवार ०७:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु