punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राज्यमन्त्री रैकाद्वारा गौरा पर्वको शुभकामना 

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाले गौरा पर्व सुदूरपश्चिमको ऐतिहासिक पहिचान र मौलिक संस्कृति बोकेको प्रमुख पर्व भएको बताएका छन् । देश विदेशमा रहनुभएका प्रदेशवासीलाई गौरा पर्वको  शुभकामना सन्देश व्यक्त गर्दै राज्यमन्त्री रैकाले गौरा पर्वले विविधतामा रहेको समाजलाई एकतामा बाँधेको बताएका छन् ।

सुदूरपश्चिमेलीहरुले परम्परा कालदेखि मनाउँदै आएको गौरा पर्वले सामाजिक र सांस्कृतिक सद्भाव बढाएको र  गौरा पर्वले सुदूरपश्चिम प्रदेशलाई देश विदेशमा चिनाएको उल्लेख गर्दै राज्यमन्त्री रैकाले यसलाई विशेष रूपमा संरक्षण  तथा प्रवर्द्धन गर्नुपर्ने बताए ।

गौरा पर्वले सामाजिक सांस्कृतिकका साथै पारिवारिक सद्भाव र बन्धुत्व भाव बढाओस् भन्दै उनले प्रदेशवासीको सुस्वास्थ्य, दीर्घायु तथा सुख, शान्तिको कामना व्यक्त गरे ।


१७ भदौ २०७९, शुक्रवार २२:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु