राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि पारित
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी संसद्मा फिर्ता पठाएको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पुन बहुमतले जस्ताको त्यस्तै पारित भएको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले उक्त विधेयक बहुमतले पारित भएको हो ।
उक्त विधेयक यसअघि प्रतिनिधि सभाबाट पनि बहुमतले पारित भएको थियो । प्रतिनिधि सभाबाट पारित भएलगत्तै राष्ट्रिय सभामा पेस भएको थियो ।
राष्ट्रियसभाले उक्त विधेयकलाई छलफल गर्नका लागि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा पेस भएको थियो ।
१७ भदौ २०७९, शुक्रवार १९:१० बजे प्रकाशित































