कोरोनाबाट थप एक जनाको मृत्यु, ८४८ जनामा संक्रमण पुष्टि
नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ भने थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ७ सय २२ पिसिआर परिक्षणका क्रममा ३ सय ९९ जना र २ हजार ८ सय ९७ एन्टीजेन परिक्षणका क्रममा ४ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, थप ५ सय २६ संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा ५ हजार २ सय ५९ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।
३१ साउन २०७९, मंगलवार १७:५३ बजे प्रकाशित































