३६ लाख नगदसहित दुई जना पक्राउ
सर्लाहीको बरहथवाबाट ३६ लाख नगद र गरगहनासहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–७ स्थायी घर भई काठमाडौंको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण–२ दुवाकोटका ३१ वर्षीय विशाल खत्री रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
मोटरसाइकलसहित उनीहरूलाई रोकेर प्रहरीले खानतलासी गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
३१ साउन २०७९, मंगलवार १७:५० बजे प्रकाशित































