punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेसको केन्द्रीय सदस्यमा १० महिला मनोनीत

Chaupati
safha napa

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिमा थप १० जना सदस्य मनोनीत गरेका छन् । सभापति देउवाले मंगलबार विधानको व्यवस्थाबमोजिम केन्द्रीय कार्यसमितिमा एक तिहाई महिलाको संख्या पुर्‍याउने गरी एकैपटक १० जना नेताहरुलाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टी विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले १० जना नेताहरुलाई केन्द्रीय सदस्य पदमा मनोयन गरेको जानकारी दिए ।

देउवाले किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ्ग), रुक्मीणी कोइराला (मोरङ्ग), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी), र सीता देवकोटा (नवलपुर) लाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन्।

यससँगै कांग्रेसको केन्द्रीय कार्यसमिति १५८ सदस्यीय बनेको छ । सभापति देउवाले विधानबमोजिम केन्द्रीय समितिमा ३३ जना सदस्य मनोनयन गर्न पाउँछन् । त्यसमध्ये २३ केन्द्रीय सदस्य मनोनयन गरिसकेका छन् ।

 


३१ साउन २०७९, मंगलवार १६:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु