punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अभिनेत्री मनीषा कोइराला ५२ वर्षकी भइन्

Chaupati
safha napa

बलिउड फिल्म उद्योगकी चर्चित अभिनेत्री मनीषा कोइराला नेपाली हुन् । पढ्नका लागि भारत गएकी मनीषाले फिल्म उद्योगमा पाइला चालिन् र बलिउडमा सफल नायिकाको पहिचान बनाइन् ।

उनै अभिनेत्रीको आज ५२औँ जन्मदिन । १६ अगस्ट १९७० मा काठमाडौंमा मनीषाको जन्म भएको थियो ।

जन्मदिनको अवसरमा उनलाई बलिउड र नेपाली फिल्म उद्योगका दर्शक तथा प्रशंसकहरूले शुभकामना दिइरहेका छन् । मनीषाले आफ्नो फिल्मी करिअरमा थुप्रै चर्चित फिल्ममा काम गरेकी छन् । अनवर, मुम्बई एक्सप्रेस, ताजमहल, बाबा, जानी दुस्मनलगायत दर्जनौँ चर्चित फिल्ममा मनीषाले मुख्य पात्रको रूपमा अभिनय गरेकी छन् ।

मनीषा नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाकी नातिनीसमेत हुन् । मनीषाका बुबा प्रकाश कोइराला र आमा सुष्मा कोइराला हुन् ।

मनीषा बाल्यकालमा डाक्टर बन्न चाहन्थिन् । तर, उनको चाहना विस्तारै फिल्मतर्फ बढ्यो । उनले पहिलोपटक सन् १९८९ मा नेपाली फिल्म फेरि भेटौँलामा अभिनय गरिन् । उनले पहिलोपटक अभिनय गरेको हिन्दी फिल्म’सौदागरु हो ।

मनीषाले आफ्नो जीवनको सबैभन्दा धेरै सङ्घर्ष गरेको क्षण क्यान्सर भएको बेला हो । उनलाई सन् २०१२ मा ओवेरियन क्यान्सर भएको थियो । उनी डटेर रोगसँग लडिन् । निरन्तरको उपचारपश्चात् उनी क्यान्सरमुक्त भइन् ।

उनले पछि आत्मकथा ‘हिल्डः हाउ क्यान्सर गेम मी अ न्यु लाइफ’ पुस्तक सार्वजनिक पनि गरिन् ।


३१ साउन २०७९, मंगलवार १५:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु