punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका ५ जिल्लामा भदौ ५ गतेदेखि खोप अभियान

Chaupati
safha napa

सुदूरपश्चिमका ५ जिल्लामा भदौ ५ गतेदेखि बालबालिकालक्षित खोप अभियान सुरु हुने भएको छ। अछाम, डोटी, बाजुरा, बैतडी र दार्चुलामा ५ देखि १२ वर्षमुनिका बालबालिकालक्षित खोप अभियान सुरु हुने भएको हो।

सरकारले दोस्रो चरणअन्तर्गत सुदूरपश्चिमका ५ जिल्लासहित ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्दैछ।

भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा फाइजर खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।


२९ साउन २०७९, आइतवार १२:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु