punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संघीय सरकारविरुद्ध मधेस प्रदेशका मुख्यमन्त्रीसहित मन्त्री र सांसदहरुले थाले धर्ना

Chaupati
safha napa

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्री र सांसदहरुले संघीय सरकारविरुद्ध धर्ना थालेका छन् । प्रदेश प्रहरी समायोजनको माग गर्दै आइतबारदेखि प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना सुरु गरिएको हो ।

एक सातासम्म चल्ने धर्ना कार्यक्रम हरेक दिन दुई घण्टा चल्ने जनाइएको छ । पहिलो दिन आइतबार पौने १२ बजेदेखि पौने दुई घण्टासम्म चल्नेछ । संविधानमा भएको प्रहरीसम्बन्धी व्यवस्थालाई लिएर संघ र प्रदेश सरकारबीच द्वन्द्वको स्थिति देखा पर्दै आएको छ।

पाँच वर्षसम्म शान्त रहेका प्रदेश सरकारले निर्वाचन नजिकिन थालेसँगै प्रदेश प्रहरी आफू मातहत माग्न थालेका छन् । तर संघीय सरकारले प्रदेश प्रहरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आनाकानी गर्दा स्थिति द्वन्द्वोन्मुख देखिएको हो। संविधानप्रदत्त अधिकार उपयोगका लागि प्रदेश सरकारहरूले उत्कट चाहना देखाइरहेका छन्।

यसअघि साउन २२ मा मधेस सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटम ध्यानाकर्षण पत्र नै बुझाएको थियो । तर माग सम्बोधन नभएपछि शनिबार मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले औपचारिकरुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत मधेश प्रदेश सरकारले आजदेखि एक साता प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिन थालिएको हो ।


२९ साउन २०७९, आइतवार १२:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु