निर्वाचन आयोगले भन्यो– उम्मेदवारी फिर्ताका लागि धम्की दिनु कानुनविपरीत
उम्मेदवारी मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाकधम्की, धरपकड र प्रलोभन देखाएको प्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस्ता क्रियाकलापले लोकतन्त्रमाथि मात्रै नभएर नैसर्गिक संवैधानिक एवम् कानुनी अधिकारसमेत कुण्ठित हुने भन्दै यस्तो नगर्न नगराउन आयोगले सरोकारवालाहरुलाई आग्रह गरेको छ । डर, त्रास र धम्की दिएर उम्मेदवार फिर्ता गर्न लगाउनु निर्वाचनजन्य कसुर तथा आचारसंहिताविपरीत भएको आयोगले जनाएको छ ।
बिहीबार नियमित पत्रकार सम्मेललमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले सार्वजनिक सञ्चार माध्यममा आएका कुराहरु आयोगले अनुगमन गरिरहेको र गृहमन्त्रीको भ्रमणप्रति ध्यानाकर्षण भएको बताएका थिए।
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलहरूले बागी उम्मेदवारलाई उम्मेदवारी लिन आह्वान गर्दै फिर्ता नलिए पार्टीबाट कारवाही गरिने चेतावनी दिएका छन् । शुक्रबारसम्म उम्मेदवारी फिर्ता लिने समय छ ।

१६ वैशाख २०७९, शुक्रवार १५:१२ बजे प्रकाशित













