देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि

देशभर शुक्रबार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७७८ पीसीआर परीक्षणमा १३ जना र ९९३ एन्टिजेन परीक्षणमा एक जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १९ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २४३ रहेको छ ।


१६ वैशाख २०७९, शुक्रवार १६:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु