इनरुवा नगरपालिकामा मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी
सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकाका मेयर राजन मेहेता वडा सदस्य उठेका छन् । इनरुवा नगरपालिका वडा नम्बर- २ को सदस्यमा मेहेताको उम्मेदवारी परेको छ।
वडा अध्यक्षमा रन्जेस भट्टराई नेतृत्वको टीममा मेहेताको नाम सदस्यमा दर्ता भएको छ। इनरुवा कांग्रेस नेताहरुले जिल्ला समन्वय समितिको प्रमुख ताक्न मेयर मेहेता वडा सदस्यमा उठेको तर्क गरेका छन् ।
तत्कालीन नेकपा एमाले सुनसरीका कावा अध्यक्ष रमेश बस्नेत धरान वडा नम्बर ६ को सदस्य उठेका थिए । तर, वडा चुनाव जिते पनि जिल्ला समन्वय समिति निर्माणमा एमालेको बहुमत नआएपछि उनी सदस्यमै सीमित भएका थिए ।
१६ वैशाख २०७९, शुक्रवार १४:४९ बजे प्रकाशित













