सबै उम्मेदवारका मुख्य प्राथमिकतामा पूर्वाधार विकासको एजेन्डा
कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि दलहरुले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढी पुगेर उनीहरुले मेयर र उपमेयरमा मनोनयन दर्ता गराएका हुन् । धनगढीका लागि तीन दलीय गठबन्धनबाट मेयरमा नृप बहादुर वड र उपमेयरमा शान्ति अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै नेकपा एमालेबाट मेयरमा रणबहादुर चन्द र उपमेयरमा नन्दकला रानाले उम्मेदवारी दर्ता गराएका हुन् । आइतबार मात्रै धनगढीको मेयरका लागि स्वतन्त्र उमेदवार गोपाल हमालले उम्मेदवारी दर्ता गराएका थिए ।
उम्मेदवारले आफू निर्वाचीत भएर आएपछि मुख्य प्राथमिकतामा विकास निर्माणलाई जोड दिने बताएका छन् । ‘यहाँका हरेक समस्यालाई समाधान गर्न छु,’ तीन दलीय गठबन्धनबाट मेयर पदका आंकाक्षी नृप बहादुर वड भने,’ ‘हरेक समस्याहरु लाई उजागर गर्न छु र हरेक समस्याहरु लाई समाधान गर्न बाटोमा तर्फ लाग्ने छु ।’ पाँच वर्ष अगाडी पनि जनताको सेवक भएर नै काम गरेको उनले बताए । आजका दिन देखि जनताको सेवकको रुपमा रहेर काम गर्न उनले प्रतिवदता जनाएका छन् । ‘असन्तुष्ट साथीहरु लाई पनि सन्तुष्ट पार्न कोसिस गर्छु किन भने पद एउटै छ सवैले त्यो पदमा जान सक्ने सम्भावना रहदैन,’ उनले भने ‘एक जनाले मात्रै पाउने हो त्यो एक जना मध्य मैले मात्रै पाए त्यसैले उहाँहरु लाई अनुरोध गर्नछु उहाँहरु सग माफि माग्ने छु र उहाँहरु सग सहकार्य गरेर अगाडी बढने छु ।’ आफूहरु को टिमले चुनाव जितने उनले दावी गरे ।
नेकपा एमालेबाट मेयर पदका आंकाक्षी रणबहादुर चन्दले आफूहरुको विजय सुनिक्षित रहेको दावी गरेका छन् । आफनो पार्टी ले मेयर,उमेयर र वडाध्यक्ष लगायत सदस्यहरु लाई एकता रुपमा प्रस्तुत गरेकाले विजय सुनिक्षित रहेको उनले बताए । ‘यस अघीको निर्वाचनमा नेपाली काँग्रैसले विजय पराप्त गरो,’ उनले भने ‘धनगढी उपमहानगरपालिकाको अवस्था हेर्दा लथालिग अवस्था छ अव्यवस्थीत छ यसलाई सुव्यवस्थीत गर्नका लागि दिगो विकास गर्नका लागि नेकपा एमालेको नेतृत्व आवश्यक छ ।’ गठबन्धन नेताहरुको बिचमा भएपनि तर गठबन्धनको विरोधमा जनताहरु रहेको उनको भनाइ छ ।
१२ वैशाख २०७९, सोमवार २१:०९ बजे प्रकाशित































