punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी उपमहानगरपालिकाको प्रमुखमा १० र उपप्रमुखमा ७ जनाको उम्मेदवारी दर्ता

Chaupati
safha napa

धनगढी उपमहानगरपालिकामा नगर प्रमुखका लागि दश जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उप–प्रमुखमा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय तहको निर्वाचनका लागि उपमहानगरपालिकामा दलदेखि स्वतन्त्र गरी नगर प्रमुखमा दश र उपप्रमुखमा सात जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नगर प्रमुखमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नृपबहादुर वड, नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट रणबहादुर चन्द, लोकतान्त्रिक समाजवादी पार्टीबाट वसन्तबहादुर विश्वकर्मा, राष्ट्रिय जनमोर्चा पार्टीबाट अञ्जना श्रेष्ठ, जनता समाजवादी पार्टीबाट कलेन्द्र ऐर, सचेत नेपाली पार्टीबाट भारती थापा, नागरिक उन्मुक्ति पार्टीबाट निमकुमार चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै स्वतन्त्रबाट व्यवसायी गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट (मुकुन्द)ले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।
यस्तै उपप्रमुखमा सत्तारुढ गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकी नेतृ शान्ति अधिकारी, एमालेबाट कन्दकला राना, राप्रपाबाट दुर्गा दत्त पन्त, नेपाल परिवार दलबाट विष्णु कुमारी विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीबाट सावित्रा चौधरी, विवेकशील साझा पार्टीबाट विमलाकुमारी पन्त र स्वतन्त्रमा नेपाली काँग्रेसका नेता प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन ।


१२ वैशाख २०७९, सोमवार २१:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु