दार्चुलामा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु
दार्चुलाको शैल्यशिखर नगरपालिका–२ मा बसको ठक्करले एक जना बालकको ज्यान गएको छ । सोमबार दिउँसो बालकको ज्यान गएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् । त्यहाँको अवस्था तनावपूर्ण भएपछि इलाका प्रहरी कार्यालय गोकुलेश्वरका निरीक्षक सुरज सिंहको कमाण्डमा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ध्रुब बिष्टका अनुसार ना ५ ख १८०८ नम्बरको बसले शैल्यशिखरको भित्री सडकमा पर्ने रतौडाका महेश कपाडीका ६ वर्षीय छोरा अमृतलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि स्थानीयले गाडीमा आगजनी गरेका हुन् ।
१२ वैशाख २०७९, सोमवार १८:५७ बजे प्रकाशित






























