punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री देउवाकै गृह जिल्लामा नहुने भयो चुनावी तालमेल

Chaupati
safha napa

डडेल्धुरामा सत्तारुढ दलहरुबीच चुनावी तालमेल नहुने भएको छ । पार्टीभित्र चर्को विरोधका बाबजुद प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ दलसँग महानगर र उपमहानगरपालिकाको भागबण्डा गरेका थिए ।

तर देउवाकै गृहजिल्ला डडेलधुरामा भने सत्तारुढ दलहरु तालेमल नगर्ने निर्णयमा पुगेको छन् । दुई पटक सत्ता गठबन्धन दलहरुको बैठक बस्यो, दलहरुले आ–आफ्नो दाबी पेश गरे,’ कांग्रेस डडेल्धुराका सचिव शेरबहादुर भण्डारीले भने, ‘दाबीअनुसार भागबण्डा मिल्ने जस्तो लक्षण नदेखिएपछि गठबन्धन दलको बैठकबाटै एक्लाएक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरियो ।’

एक–आपसमा स्वच्छ प्रतिस्पर्धा गर्ने निर्णय गरेर सबै दलले आ–आफ्नो केन्द्रीय समितिलाई पठाएको भण्डारीले बताए  । उनले भने कांग्रेसले पहिलेदेखि नै जिल्लाका सातवटै पालिकामा एक्लै चुनाव लड्ने सोच बनाइरहेको थियो, अन्यदलहरुको दाबी पनि अलि नमिल्दो भएपछि गठबन्धन नगर्ने निर्णयमा पुग्यौं ।’

अब जिल्ला तहमा तालमेलबारे कुनै छलफल नहुने, तर केन्द्रबाट निर्देशन आए मान्न बाध्य हुने उनले बताए । भन्छन्, ‘यसरी बुझ्नुहोस् कि ९९ प्रतिशत चुनावी तालमेल हुँदैन, तर केन्द्रको निर्देशन आए तालमेल हुने सम्भावना छ ।’ उनका अनुसार जिल्ला समितिले सातवटै पालिकामा उम्मेदवारी दिने तयारी गरिसकेको छ ।

यस्तै नेकपा एकीकृत समाजवादीका डडेल्धुराका अध्यक्ष तुलाराम बोहरा पनि जिल्लामा चुनावी तालमेल नहुने बताउँछन् ।

 


९ वैशाख २०७९, शुक्रवार २२:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु