धनगढीको मेयरमा कांग्रेसले पुनः वडलाई नै दोहोर्याउने
नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकाको मेयरमा पुनः नृपबहादुर वडलाई उम्मेदवार बनाउने भएको छ ।
सत्तारुढ गठबन्धनको भागवण्डामा धनगढीको मेयर कांग्रेसको भागमा परेको छ । त्यसअनुसार शुक्रबार बसेको कार्यदलको बैठकले धनगढीको मेयरका लागि वडको नाम कार्यसम्पादन समितिमा सिफारिस गर्ने निर्णय गरेको छ ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका वड २०७४ सालको स्थानीयतहको निर्वाचनमा धनगढीको मेयरमा निर्वाचित भएका थिए ।
९ वैशाख २०७९, शुक्रवार २२:२१ बजे प्रकाशित































