punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा गठबन्धन : पालिकामा मिल्यो, वडामा बाँकी

Chaupati
safha napa

बझाङमा सत्ता गठबन्धनले भागबण्डा मिलाएको छ । १२ स्थानीय तह रहेको बझाङमा नेपाली कांग्रेसले सात, नेकपा एकीकृत समाजवादीले तीन र नेकपा माओवादी केन्द्रले दुई स्थानीय तहको नेतृत्वको जिम्मेवारी पाउने गरी सहमति गरेको हो ।

‘१२ वटै स्थानीय तहमा गठबन्धनको तर्फबाट साझा उम्मेदवारी दिने सहमति भएको छ,’ नेपाली कांग्रेस बझाङका प्रवक्ता रमानन्द जोशीले भने, ‘वडाको विषयमा छलफल भइरहेको छ, वडामा पनि सहमति हुन्छ ।’

प्रवक्ता जोशीका अनुसार जिल्लाका जयपृथ्वी र बुंगल नगरपालिका नेपाली कांग्रेसको भागमा परेको छ । यस्तै खप्तड छान्ना, मष्टा, बित्थडचीर, सूर्मा र साइपाल गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेसले उम्मेदवारी दिनेछ ।

जोशीले भने ‘एकिकृत समाजवादीले तलकोट, थलारा र केदारस्यूँ गाउँपालिकामा अध्यक्षको उम्मेदवार उठाउनेछ ।’ माओवादी केन्द्रले दुर्गाथली र छविस पाथिभेरा गाउँपालिकाको जिम्मेवारी पाएको जोशीले जानकारी दिए ।

तीन वटै पार्टीका केन्द्रीय नेताहरु र जिल्ला नेतृत्वबीच छलफल भएर यो सहमति भएको जोशीले बताए । उनले वडाको समेत टुङ्गो लागेपछि सबै एकमुष्टै निर्णय हुने बताए । गएको स्थानीय तहको निर्वाचनमा बझाङका आठ स्थानीय तहहरु नेकपा एमालेले जितेको थियो ।

जयपृथ्वी नगरपालिका, बित्थडचीर, केदारस्युँ, थलारा, दुर्गाथली, छविस पाथिभेरा, तलकोट र मष्टा गाउँपालिकामा एमालेले अध्यक्ष उपाध्यक्ष दुवै जितेको थियो भने खप्तड छान्ना गाउँपालिकामा उपाध्यक्ष जितेको थियो ।


९ वैशाख २०७९, शुक्रवार १८:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु