punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप १८ जनामा कोरोना संक्रमण, २८२ जना सक्रिय संक्रमित

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १३३ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ५१८ जनाको एन्टीजेन परीक्षणमा ९ जना गरी १८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जना निको भएका छन् भने हाल देशभर २८२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २७९ जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८९३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ४८१ जना संक्रमणमुक्त भएका छन् ।


९ वैशाख २०७९, शुक्रवार १८:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु