punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भरतपुरको मेयर उठ्न प्रदेशसभा सदस्य सुवेदीद्वारा राजीनामा

Chaupati
safha napa

भरतपुर महानगरको प्रमुखका लागि उम्मेदवारी दिन बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पदबाट राजीनामा दिएका छन्।

बिहीबार सुवेदीले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष पदबाट राजीनामा दिएका हुन्। वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उठ्न लागेकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको उनले बताएका छन्।

चितवनको क्षेत्र नम्बर २ को ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदी ४ वर्ष तीन महिना एक दिन बागमती प्रदेशसभा सदस्यको रुपमा रहेका थिए। सुवेदी एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा उठ्न लागेका हुन्।

 


८ वैशाख २०७९, बिहीवार १७:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु